“दिगो लक्ष्य प्राप्तिका लागि सहकारी”
Search
Close this search box.

संस्था परिचय

संस्थाको परिचय

धादिङ जिल्लाको सदरमुकामदेखि दक्षिण पश्चिम भेगमा पर्ने यो सलाङ गा.वि.स राजधानी काठमाडौ देखी ७५ कि.मी.पश्चिममा रहेको छ । कृषि बिकास बैंकबाट २०५१ सालमा साना किसान विकास आयोजनाको रुपमा स्थापित भएको संस्था पछि संस्थागत विकासको क्रममा सहकारी ऐन २०४८अनुसार सहकारी कार्यालय काठमाडौमा मिती २०५५।०१।३१(दर्ता नं.३१३) मा दर्ता भई हाल साना किसान कृषि सहकारी संस्था लि.सलाङको नाममा संचालित यस संस्थाको व्यवस्थापन हस्तान्तरण कृषि बिकास बैकबाट २०५५।४।१।मा भएको हो ।
यस संस्थाको को पुर्वमा सिद्धलेक गाउँ पालिकाको वडा नं.५र६,पश्चिममा गण्डकी गाउँ पालिका,उत्तरमा ज्वालामूखी गाउँ पालिका तथा निलकण्ठ नगर पालिका र दक्षिणमा बेनिघाट रोराङ गाउँ पालिकाको वडा नं.२ र ६ रहेको छ । यस संस्थाको कार्यक्षेत्र भित्र १५ वटा मा.वि., २४ वटा आ.वि.र २ क्याम्पस गरी जम्मा ३६ वटा शैक्षिक संस्था रहेको छ भने ५ स्वास्थ चौकी र ३ हुलाक कार्यालय रहेको छ । यस संस्थाको कार्यक्षेत्रभित्रका सम्पुर्ण वडाहरुमा खानेपानीको व्यवस्था प्रयाप्त हुन सकेको छैन । त्यस्तै सम्पुर्ण वडाहरुमा बिद्युतको सुविधा प्रयाप्त मात्रामा हुन सकेको छैन । यस संस्थाको कार्यक्षेत्रमा हिउदे कच्ची सडक निर्माण र संचार क्षेत्रमा भने केही सुविधा उपलब्ध भएको छ भने बाहै्र महिना यातायातको सुविधा भने उपलब्ध हुन सकेको छैन । यहाँ उत्पादित फलफुल,तरकारी,मासु,दुध आदी विक्री वितरण गर्न यस संस्थाको स्वामित्वमा सहकारी पसल संचालन गरी सेवा दिदै आएको छ । सहकारी खेतिमा आधारीत कृषि तथा पशुपालन मासुजन्य तथा दुधजन्य उत्पादनको लागी तालिम र प्राविधिक ज्ञानको अझै पहुच पुर्‍याउन सकेमा आयआर्जनमा वृद्दि भई स्वरोजगार सृजना स्थापित हुनसक्ने देखिन्छ । सहयोग पनि गर्दछ।”

 

संस्थाको मुख्य उद्देश्यहरू

  1.  सहकारी मूल्य मान्यता एवं सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न जोड दिने ।
  2. सदस्यहरूलाई परम्परागत कृषि प्रणालीबाट व्यावसायिक र आधुनिकीकरण गर्ने ।
  3. सदस्यहरूको उत्पादन क्षमतालाई अभिवृद्धि गर्ने ।
  4. सदस्यहरूबाट बचत संकलन एवं अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग कर्जा प्राप्त गरी आवश्यक वित्तीय स्रोत संकलन गरी आयमूलक व्यवसाय सञ्चालन गर्न ऋण प्रदान गर्ने ।
  5. कार्य क्षेत्रभित्रका गरिब, दलित, जनजाति, महिला साना किसानह?लाई संगठित गराई सहकारिताको माध्यमबाट उनीहरूको जीवनस्तर उकास्न आर्थिक, सामाजिक एवं सामुदायिक       विकासमा जोड दिने ।
  6. सदस्यहरूको सामाजिक जीवनको विविध क्षेत्रमा संस्थागत सहयोग पुर्‍याउने खालका सेवामूलक कार्यक्रमहरू संचान गरी सहकारीताको महत्व स्थापीत हुने काम समुदायमा प्रदर्शीत गर्ने ।
  7. सदस्यहरूमा बचत गर्ने बानीको विकास आय आर्जन क्षमतामा वृद्धि र पारस्परिक सहयोगको आधारमा व्यावसायिक विकास गर्ने ।
  8.  संस्थाको कार्यालय निर्माण तथा व्यवसाय सञ्चालनका लागि चल अचल सम्पत्ति खरीद बिक्री वा सट्टापट्टा गर्ने ।
  9.  विप्रेशण (रेमिटेन्स) सेवा सञ्चालन गर्ने ।
  10.  लघुउद्योग व्यवसाय सञ्चालन गर्ने ।
  11.  कृषिमा आधारित पर्यटन उद्योग सञ्चालन गर्ने ।
  12.  पशुधन सुरक्षण तथा वाली सुरक्षण कार्यक्रमहरू सञ्चालन गर्ने ।
  13.  सदस्य सुरक्षण कार्यक्रमहरू सञ्चालन गर्ने ।
  14.  सहकारी सुपथ मुल्य पसल सञ्चालन गर्ने ।
  15.  दिगो विकास लक्ष्य प्राप्तीका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने ।
  16.  ऋण सुरक्षण कार्यक्रम संचालन गर्ने ।

 

 कार्यहरू:

संस्थाले विनियमको दफा ७ बमोजिमका उद्देश्यहरू प्राप्त गर्न प्रचलित ऐन, नियम निर्देशिकाहरू को पूर्ण पालना गरी निम्न कार्यहरू गर्नेछ ।
  1.  सदस्यहरूलाई परम्परागत कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा रूपान्तरण गरी उत्पादन (प्रशोधन समेत) विनिमय (वितरण प्रणाली) उपभोगमा सहकारी पद्धतिको विकास गर्न आवश्यक कार्यहरू गर्ने ।
  2. प्रचार प्रसारका विभिन्न माध्यमहरूबाट सदस्यहरूलाई व्यावसायिक कृषि प्रणालीमा उत्प्रेरित गर्न चेतना जगाई बजारमुखी उत्पादनको तरिका प्रदर्शन, नतिजा प्रदर्शन, स्थलगत भ्रमण, तालिम आदिको माध्यमबाट कृषिको व्यावसायिकरण गर्न, उत्पादकत्व बढाउन र कृषि बजारमा सहज पहुँच पुर्‍याउन वित्तीय, प्राविधिक, सामाजिक र साँस्कृतिक सहयोग जुटाउने ।
  3. कृषिको उत्पादकत्व बढाउन कृषि सामाग्रिको सुलभता, सिँचाई, विद्युत, सडक र बजार जस्ता आधारभूत पूर्वाधार विकास गर्न मद्दत गर्ने वा सदस्यहरूबीचमा उपसमिति निर्माण गरी सम्बन्धित निकायहरूको स्वीकृति लिएर उक्त कार्यहरूसञ्चालन गर्ने ।
  4. प्रचलित कानुनको अधिनमा रही खाद्यान्न, दलहन, तेलहन, नगदेबाली, पशु पंक्षि तथा मत्स्य, दुग्ध वा अन्य यस्तै कृषिजन्य पदार्थको संकलन गर्ने, भण्डारण गर्ने, ढुवानी गर्ने, गुणस्तर जाँच गर्ने, बजारिकरण गर्ने एवं प्रशोधन उद्योगको स्थापना गर्ने जस्ता क्रियाकलापहरू सञ्चालन गरी सदस्यहरूको उत्पादनको मूल्य अभिबृद्धि गर्नुका साथै रोजगारीका अवसरहरूको सृजना गर्ने ।
  5.  सदस्यहरूमा व्यावसायिकता, सामुहिक सहकारी खेती, र सुधारिएका÷उन्नत प्रविधिको प्रयोगबाट कृषि तथा यस सँग सम्बन्ध राख्ने व्यवसायहरूको विकास गराउने र यसका लागि आवश्यक पर्ने वित्तीय (ऋण) र प्राविधिक सहयोग जुटाउने ।
  6.  सदस्यरूमा बचत संस्कृतिको विकास गर्न नियमित र ऐच्छिक बचतका उपयुक्त स्वरूपहरू लागु गर्ने एवं बचत अभिबृद्धिका लागि चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
  7. सदस्यको माग अनूरूप स्थानीय रूपमा संकलित वित्तीय स्रोत अपर्याप्त भएमा अन्य संघ संस्था वा निकायबाट ऋण वा अनुदान प्राप्त गरी संस्थागत लगानी वा सदस्यहरूलाई धितो लिएर वा नलिई उचित ब्याजदरमा ऋणको रूपमा परिचालन गर्ने ।
  8. वित्तीय जोखिम कम गर्न सदस्यहरूको जीवन तथा अन्य निर्जीवन बिमा गर्ने सम्बन्धी आवस्यक कार्य गर्ने तथा सो सम्बन्धी अभिकर्ता भइ कार्य गर्ने ।
  9. सदस्यहरूमा सहकारीताको भावना र अभ्यास सुदृढ गरी उनीहरूको सामाजिक र सामुदायिक विकासका क्रियाकलाप सञ्चालन गर्न स्रोत तथा जनसहभागिता जुटाउने ।
  10.  सदस्यहरूमा कुलत, अन्धविश्वास र कुसंस्कार हटाई आयआर्जनका लागि लगानी गर्ने, मितव्ययी आचरण अबलम्बन गर्ने, पारिवारीक योजना बनाउने, पेशागत सीप अभिबृद्धि गर्ने र मर्यादित जीवन बिताउन अनुकुल बातावरण सृजना गर्ने ।
  11.  लैङ्गिक, जातीय र संस्कारजन्य विभेदहरू अन्त्य गरी समानताको भावना अभिबृद्धि गर्न आवश्यक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
  12. सदस्यहरूलाई आवश्यक पर्ने विभिन्न उपभोग्य बस्तु तथा सेवाको व्यवस्था गर्ने ।
  13.  मुद्रा स्थानान्तर सम्बन्धी आवस्यक कार्य गर्ने ।
  14.  सामुदायिक स्वास्थ्य एवं सरसफाई सम्बन्धी कार्यक्रमहरू (जनसंख्या शिक्षा, पारिवारिक स्वास्थ्य तथा सरसफाई, स्वच्छ पीउने पानी, पोषण शिक्षा, परिवार नियोजन तथा वाल तथा मातृ शिशु शिक्षा), प्राकृतिक स्रोतको संरक्षण र सम्बद्र्धन सम्बन्धी कार्यक्रमहरू (वातावरण संरक्षण, भू–क्षय तथा वृक्षारोपण, सामुदायिक वन संरक्षण र व्यवस्थापन,  वैकल्पिक र नविकरणीय उर्जा) सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने ।
  15. तर, संस्था दर्ता पश्चात माथि उल्लिखित कार्यहरू गर्दा कुनै कारोबारको सिलसिलामा अन्य प्रचलित ऐन कानुन अनुसार अन्य निकायहरूको स्वीकृति लिनुपर्ने भएमा सो लिएर मात्र कारोबार सञ्चलन गरिनेछ ।

नेपाली क्यालेन्डर